काठमाडौं – हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको छ ।
काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या आठ हजार ४४४ छ । त्यसमध्ये काठमाडौंमा मात्रै चार हजार २०४ सक्रिय संक्रमित छन् । हाल ललितपुरमा दुई हजार ४०७ र भक्तपुरमा एक हजार ८३३ सक्रिय संक्रमित छन् ।यस्तै, कोरोनाका कारण हालसम्म काठमाडौं उपत्यकामा दुई हजार ७६४ जनाको मृत्यु भएको छ । काठमाडौंमा मात्रै एक हजार ८६४ जनाले ज्यान गुमाए । कोरोनाका कारण ललितपुरमा ५३८ र भक्तपुरमा ३६२ जनाको मृत्यु भइसकेको छ ।
शनिबारसम्म देशभर कोरोना कारण मृत्यु हुनेको संख्या आठ हजार ९७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।