१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, आषाढ १४, २०७८

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीका विचार समाजका लागि निश्क्रिय शुभकामना नरहेको बताएका छन् ।

मदन भण्डारीको ७० औँ जन्मजयन्तीको अवसरमा बोल्दै एमाले अध्यक्षसमेत रहेका उनले भण्डारीले समाज राम्रो भइदिए हुन्थ्यो, समाजको भलो भए हुन्थ्यो भन्ने भावनाबाट निर्देशित भएर नभइ समाज बदल्ने हतियारका रूपमा उनको विचार अगाडि आएको बताए ।“मदन भण्डारी भन्दा हामीले सही विचार, सही चिन्तन अर्थात् सही चिन्तन र सही विचारकका रूपमा मात्र होइन तिनको कार्यान्वयन गर्ने संगठित प्रयासका रूपमा बुझ्नुपर्छ । मदन भण्डारीको विचारको महत्त्व यसकुरामा छ,” उनले भने ।मदन भण्डारीको विचार सामाजिक प्रणाली पद्धतिका रूपमा अगाडि आएको पनि उनले बताए । “मदन भण्डारीका प्रयास, चिन्तनहरू एउटा निश्क्रिय शुभकामना मात्र होइन । समाज भलो भए हुन्थ्यो । समाज राम्रो भए हुन्थ्यो ।

समाज शान्तिपूर्ण भए हुन्थ्यो । समाज समानता, समतामूलक भइदिए हुन्थ्यो । समाज संवृद्ध भइदिए हुन्थ्यो । समाजमा कसैले नराम्रो नगरिदिए हुन्थ्यो । ती राम्रा कामना भए, असंगठित कामना भए । व्यक्तिगत तवरले मात्रै कामना भए भने राम्रा कुरा भइकन पनि त्यसले खोजेका कुराहरू प्राप्त गर्ने ठाउँमा पुर्याउँदैनन्,” उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]