१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ १५, २०७८

गएराति भएको स्विट्जरल्यान्ड र फ्रान्सबीचको दोस्रो प्रिक्वार्टरफाइनल खेलमा १४ गोल भए। निर्धारित समय ३–३ को बराबरीमा टुङ्गिएपछि पेनाल्टी सुटआउटमा ९ गोल भए। पेनाल्टीमा स्विट्जरल्यान्डले पाँच वटै गोल हान्यो भने फ्रान्स अन्तिम पेनाल्टीमा चुक्यो। यो हारसँगै फ्रान्स यूरो कपबाट बाहिरिएको छ।

यसअघि क्रोएसिया र स्पेनको खेलमा आठ गोल भए। स्पेनले पाँच गोल प्रहार गर्दा क्रोएसियाको खातामा तीन गोल मात्रै रहे। यो जितसँगै स्पेन क्वार्टरफाइनलमा प्रवेश गरेको छ।निर्धारित तथा त्यसपछि थपिएको समयमा स्विट्जरल्यान्ड र फ्रान्सले ३–३ को बराबरी खेलेका थिए। पेनाल्टी सुटआउटमा फ्रान्सका केलियन एम्बाप्पे चुके।स्विट्जरल्यान्डका लागि मारियो गभ्रानोभिच, फावियन सचार, म्यानुअल अकान्जी, रुवेन भार्गास र एडमिर मेहमेदिरले पेनाल्टीमा गोल गरे। त्यस्तै, फ्रान्सका पाउल पोग्बा, ओलिभर जिरुड, मार्कस थुराम र पेर्सनल किम्पेम्बेले गोल गरेका थिए।

यसअघि स्विट्जरल्यान्डका ह्यारिस सेफेरोभिचले १५औं मिनेटमा गोल गर्दै शुरूआती अग्रता बनाएका थिए। त्यसपछि करिम बेन्जिमाले ५७औं र ५९औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए।अझ खेलको ७५औं मिनेटमा पाउल पोग्बाले डिबक्स बाहिरबाट गोल गर्दै फ्रान्सलाई ३–१ को अवस्थामा ल्याए। तर, ८०औं मिनेटमा सेफेरोभिच र ९०औं मिनेटमा गभ्रानोभिचले गोल गर्दै स्विट्जरल्यान्डलाई बराबरीमा ल्याएका थिए।यसअघि भएको पहिलो खेलमा स्पेनले क्रोसियामाथि ५–३ को जित निकालेको थियो। स्पेनका लागि पाब्लो साराबिया, फेरान टोरेस, सेसर एपिलिजिक्वेटा, अल्भारो मोराटा र मिकेल ओयासाबेलले एक–एक गोल गरे।

त्यस्तै, क्रोएसियाका लागि मारिओ प्लासिच र मिस्लाभ ओर्सिचले गोल गरेका थिए। स्पेनका गोलकिपरको लापरवाहीले पास दिएको बल गोलमा परिणत भएपछि क्रोएसियाले एक गोल उपहार पाएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]