०९ पौष २०८१, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ १५, २०७८

काठमाडौं – आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिन । नेपालभर राष्ट्रिय धान दिवस मनाइन्छ । यस वर्ष मङ्गलबार परेको राष्ट्रिय धान दिवस मुलुकभर रोपाइँ गरेरै मनाइँदै छ ।

नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । कोरोना महामारीकै बीच मंगलवार देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । विगतमा कृषि मन्त्रालय, कृषि विभागअन्तर्गत गठित समितिले धान दिवस विशेष महोत्सव लगायत कार्यक्रम आयोजना गर्ने गरेकोमा यस वर्ष भने कोरोना महामारीका कारण औपचारिक कार्यक्रमहरू राखिएको छैन ।असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउने गर्दछन् । आजको दिन किसानले शक्ति प्राप्तिका लागि दही च्यूरा खाने प्रचलन रहेको बताइन्छ । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नाराका साथ यस वर्ष अठारौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो ।

अठारौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, मूल समारोह समितिको आयोजनामा मंगलवार खुमलटारस्थित कृषि अनुसन्धान परिषद्को जग्गामा धान रोपाइँ गरी सरकारले औपचारिक रूपमा धान दिवस मनाउन लागेको हो । धानबालीको उत्पादनमा वृद्धि गरी खाद्य सुरक्षा, आत्मनिर्भता र राष्ट्रिय समृद्धि हासिल गर्ने दिशामा सहकार्यका लागि सम्पूर्ण सरोकारवालालाई सरकारले आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]