भारतमा एकैदिन ३७ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ३७ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै भारतमा संक्रमितको संख्या ३ करोड ३ लाख १६ हजार पुगेको छ ।
यस्तै भारतमा एकै दिन ९०७ संक्रमितको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९७ हजार ६६८ पुगेको छ ।
भारतमा एकैदिन ५६ हजार ९ सय ४८ जना कोरोना मुक्त भएका छन् । यो संगै भारतमा कोरोना मुक्त हुनेको संख्या २ करोड ९३ लाख ५९ हजार २०८ पुगेको छ । भारतमा हाल ५ लाख ५९ हजार २२८ जना संक्रिय संक्रमित छन् ।