सप्तरी – नेपाली बजारमा मंगलवार सुनको मूल्य सामान्य घटेको छ। सोमवार स्थिर रहेको सुनको मूल्य मंगलवार १ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमवार छापावाला सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
मंगलवार चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन १३ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ ले घटेर प्रतितोला १३ सयमा खरीदविक्री भइरहेको महासंघले जनाएको छ।