सप्तरी – पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३६ जनामा कोभिड १९ संक्रमित पहिचान भएका छन्। ७ हजार २५९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७२८ जनामा र ४ हजार ४५९ जनाको एन्टिजेन परीक्षण गर्दा ९०८ जनामा संक्रमण देखिएको हो।
यस्तै, ४ हजार ३४८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणका कारण थप २० जनाको मृत्यु भएको छ। हालसम्म देशभर ९ हजार ७१ जना संक्रमितको मृत्यु भइसकेको छ।