सप्तरी – सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेस कुमार साहलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले को प्रयोगशाला बाट भएको परिक्षणमा साहमा संक्रमणको पुस्ठी गरेको हो । संगै उनले आफ्नो फेसबुकमार्फत् आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
तपाईंहरूको सेवामा अनवरत रूपमा लाग्दा लाग्दै म स्वयं कोरोना संक्रमणको चपेटामा परेको छु । मेरो स्वास्थ्य अवस्था सामान्य छ। मैले छिट्टै नै कोरोनालाई जित्नेछु,’ मेयर साहले आफ्नो फेसबुकमा बाट जानकारी गराएका छन्।