११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, आषाढ २०, २०७८

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा थप ९३२ जना संक्रमितले ज्यान गुमाएसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख १ हजार ५० पुगेको छ ।

यसै गरी पछिल्लो २४ घन्टामा थप ४२ हजार ७५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ५१ हजार ७७५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । अहिले भारतमा सक्रिय संक्रमितको संख्या ५ लाखभन्दा कम रहेको छ । पछिल्ला तीन दिनयता भारतमा संक्रमणको संख्या घट्दै गइरहेको छ । गत बुधबार ४८ हजार ६०६, बिहीबार ४६ हजार ७८१ र शुक्रबार ४४ हजार १८५ जनामा संक्रमण देखिएको थियो ।

हालसम्म भारतमा कोरोना संक्रमणबाट ३ करोड ५ लाखभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । यसै गरी ४ लाख १ हजार ५० संक्रमितले ज्यान गुमाइसकेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]