सप्तरी – नेपालमा आइतबार थप १ हजार ६ सय ३ जनामा कोभिड-१९ संक्रमित पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ८ सय ७८ पीसीआर र १ हजार ४२ र ३ हजार २ सय ५६ एन्टीजेन परीक्षणका क्रममा थप ५६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
योसँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या ६ लाख ८२ हजार ७३९ पुगेको छ । त्यस्तै यसका कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार २ सय २५ जनाले कोरोनाक कारण ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार थप २ हजार ५ सय ५२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ९ हजार २ सय १८ जना कोभिडमुक्त भएका छन् ।
हालसम्म नेपालमा ३३ लाख ६८ हजार ५४२ वटा पिरिआर र २ लाख ४ हजार २ सय ४८ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार ५५२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुने दर ९४.५ प्रतिशत रहेको छ । सोमबार आज आइसियूमा ६०८, भेन्टिलेटरमा १८१ छन् ।