फाईल फोटो
सप्तरी – सप्तरीमा थप एक जना कोरोना संक्रमितको आज मृत्यु भएको छ ।
सप्तरीको सप्तकोशी नगरपािलका–१ का ५२ वर्षीय संक्रमित पुरुषको थप उपचारको लागि पठाउने क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनु भयो ।
उहाँका अनुसार उनमा गत शुकबार संक्रमण पुष्टि भएको थियो । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट १५२ जनाको मृत्यु भइसकेको निमित्त प्रमुख यादवले बताउनु भयो । सप्तरीमा हाल १५० जना सक्रिय संक्रमित छन् ।