०९ पौष २०८१, मंगलबार
wait Please...

एस एन यादव

सोमबार, मंसिर ०८, २०७७

सप्तरी ,८ मङ्सिर । प्रदेश न. २ का भुमि व्यवस्था तथा कृषि सहकारि मन्त्री शैलेन्द्र प्रसाद साहले नेकपाले अान्तरिक द्वन्द्वका कारणले मुलुकलाई बन्धक बनाउने खाेजेकाे अाराेप लगाउनु भएको छ ।

प्रमुख अतिथिको अासन्नबाट बाेल्नुहुदै मन्त्री साहले यस्तो अाराेप लगाउनु भएको हाे ।उहाले सङघियतालाइ समाप्त पार्न विभिन्न षडयन्त्रहरु लागि परेकाले यसबाट सचेत र जागरुक हुन सम्पुर्ण मधेशि जनसमुदायहरुसंग आग्रह गर्नुभएको छ । सप्तरीको शम्भूनाथ नगरपालिका वडा न. १२ अर्नाहामा अाज अायाेजित पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टीका शम्भुनाथ नगरपालिका वडा न.४ का वडाअध्यक्ष अरूण कुमार चौधरीको अध्यक्षता तथा संघिय सासद चन्द्रकान्त चौधरीकाे विशिष्ट अातिथ्यमा अायाेजित कार्यक्रममा प्रदेश सांसद बिदेश्वर यादव ( बिक्की ), प्रदेश मुख्यसचिव शम्भु झा, पार्टीका केन्द्रीय सदस्यहरु गजेन्द्र मंडल,.दिनेश कुमार यादव ,रामेश्वर मंडल, प्रदेश सचिव दिनेश यादव, विरेन्द्र साह क्रान्ती लगायतकाहरुले अा अाफनाे शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियाे ।

त्यस्तै पार्टीका परशुराम यादव, दिप नारायण यादव, जिल्ला सचिव चितरंजन यादव, प्रभु मंडल ,नवनित झा ,बेचु साह, श्याम यादव , युवा नेता शिव शंकर यादव , दुर्गा प्रसाद साह, महीला नेत्री जिला अध्यक्ष मिरा यादव, जयनारायण यादव, विजय साह, उपेन्द्र यादव उपी, सत्यनारायण यादव सतो लगायत नेताहरूको उपस्थितिमा विभिन्न पार्टि छोडी सयौको संख्यामा पार्टी प्रवेश गरेका छन् ।साेहि कार्यक्रममा काङ्ग्रेस ,एमाले ,नेकपा सहित विभिन्न पार्टीका झण्डै सयौ नेता तथा कार्यकर्ताहरु समाजवादि जनता पार्टीमा प्रवेश गरेकाे पार्टीका नेता गजेन्द्र मण्डलले जानकारि दिनुभयाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]