११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, आषाढ २१, २०७८

एजेन्सी – भारतमा हालसम्म ३५ करोड भन्दा बढी खोप खुराक प्रदान गरिएको छ।

आइतबार स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय ले जारी गरेको बिहान ७ बजेसम्म को तथ्यांक अनुसार हालसम्म ४६ लाख ४ हजार ९ सय २५ सत्र मार्फत ३५ करोड १२ लाख २१ हजार ३ सय ६ खोप खुराक प्रदान गरिसकेको छ।

गत २४ घण्टामा मात्रै ६३ लाख ८७ हजार ८ सय ४९ खोप खुराक प्रदान गरिएको छ।गत २४ घण्टामा भारतमा ४३ हजार ७१ जना नँया संक्रमित विरामी थपिएका छन्।स्वास्थ्य मन्त्रालयका अनुसार लगातार सात दिन भारतमा ५० हजार भन्दा कम दैनिक नँया संक्रमित विरामी दर्ता हुँदै आएको छ।

त्यस्तै देशको सक्रिय संक्रमित संख्या पनि कम हुँदै गएको छ।‌‌‌‌‌हाल सो सँख्या ४ लाख ८५ हजार ३ सय ५० पुगेको छ।गत २४ घण्टामा सक्रिय संक्रमित संख्या १० हजार १ सय ८३ ले कम भएको छ जसका कारण सक्रिय संक्रमित संख्या देशको कुल सकारात्मक संख्या को अब जम्मा १.५९ प्रतिशत पुगेको छ।लगातार ५२ दिन दैनिक नँया संक्रमित विरामी भन्दा दैनिक निको हुने को संख्या बढी देखिएको छ। गत २४ घण्टामा ५२ हजार २ सय ९९ जना निको भएका छन्।

गत २४ घण्टामा नँया विरामी भन्दा दैनिक निको हुने को संख्या ९ हजार २ सय २८ ले बढी छ।हालसम्म देशमा २ करोड ९६ लाख ५८ हजार ७८ जना संक्रमण मुक्त भएका छन्। यसका साथै देशको संक्रमण मुक्त दर ९७.०९ प्रतिशत पुगेको छ।गत २४ घण्टामा १८ लाख ३८ हजार ४ सय ९० वटा नमुना परीक्षण गरिएको छ। हाल सम्म देशमा ४१ करोड ८२ लाख ५४ हजार ९ सय ५३ वटा नमुना परीक्षण भइसकेको छ।

साप्ताहिक सकारात्मकता दर पनि घट्दो क्रममा छ। हाल साप्ताहिक सकारात्मकता दर २.४४ प्रतिशत पुगेको छ भने दैनिक सकारात्मक दर २.३४ प्रतिशत पुगेको छ। लगातार २७ दिन सो दर ५ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।
स्रोत : ईन्डीया नेव्स नेटवर्क

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]