२६ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ २२, २०७८

हङकङ – हङकङमा ६ जना स्कुले बालबालिकासहित ९ जना व्यक्ति शक्तिशाली विस्फोटक पदार्थ बनाउन लागिरहेको आरोपमा पक्राउ परेका छन् ।

उनीहरुमाथि प्रहरीले आतंकवादी अभियोगमा पक्राउ गरेको मंगलबार घोषणा गरेको छ । उनीहरुलाई प्रहरीले सोमबार नै पक्राउ गरेको थियो । जसमध्ये ५ जना पुरुष र ४ महिला १५ देखि ३९ वर्ष समूहका छन् । प्रहरीका अनुसार उनीहरुले यस विस्फोटक पदार्थ बनाएर आतंकवादी गतिविधिका लागि षड्यन्त्र गरिरहेका थिए ।”हिजो हामीले गरेको अपरेशन ती गिरोहहरुविरुद्ध थियो, जसले होस्टेलभित्रै घरेलु ल्याबमा विस्फोट पदार्थ बनाइरहेका थिए,” वरिष्ठ प्रहरी निरीक्षक स्टेभ ली ले बताए ।

प्रहरीका अनुसार यस समूहका ९ जना स्वतन्त्रता समूहका सदस्य समेत थिए । र ६ जना चाहिँ १९ वर्षमुनिका थिए । साथै ३ जना वयस्क थिए । जो स्थानीय विश्वविद्यालयमा कार्यरत थिए ।उनीहरुले यस विस्फोटक पदार्थ बनाएर रेल वे नेटवर्क, अदालत लगायत सार्वजनिक सम्पत्तिका संरचनामाथि हमला गर्ने योजना बनाइरहेको समेत प्रहरीको आरोप छ ।

हङकङमा २०१९ मा ६ महिना भन्दा लामो समयसम्म चलेको प्रजातन्त्रवादीहरुको विशाल प्रदर्शनसँगै पछिल्लो समय ठूलो मात्रामा सरकार विरोधी भावना पैदा हुँदैआएको छ । पछिल्लो समय ठूलो संख्यामा मानिसहरु पक्राउ पर्न थालेका पनि छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]