वीरगञ्ज – वीरगञ्जमा उपचारका क्रममा थप एक जनाको कोरोना संक्रमितको मृत्यु भएको छ।
संक्रमणका कारण सर्लाहीको बागमती नगरपालिका–५ निवासी ४५ वर्षीय एक पुरुषको मृत्यु भएको हो।उनको उपचारका क्रममा नारायणी अस्पतालमा बुधबार बिहान मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए।
ती पुरुषमा असार २ गते कोरोना संक्रमण पुष्टि भएको थियो।