२६ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, आषाढ २६, २०७८

एजेन्सी – यसै महिनादेखि जापानमा आयोजना हुने टोकियो ओलम्पिक २०२० बन्द रंगशालामा हुने भएको छ ।

जापानमा कोरोना भाइरस (कोभिड–१९) को लहर पुनः बढ्दै गएपछि सरोकारवालसँगको छलफलपछि ओलम्पिक बन्द रंगशालामा गराउने निर्णय भएको हो । ओलम्पिकको जापानी आयोजक समिति, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, टोकियोका पदाधिकारी र जापान सरकारका प्रतिनिधिबीच बैठकपछि ओलम्पिक मिनिस्टर तामायो मारुकावाले टोकियो क्षेत्रमा कोरोनाको प्रभाव बढ्दै गएपछि दर्शकविना टोकियो ओलम्पिक हुने घोषणा गरेका छन् ।टोकियो २०२० को प्रमुख सेइको हासीमोटोले कोभिडको प्रभाव बढिरहेको अवस्थामा यस्तो सन्देश जारी गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचले कोभिडको प्रभावबाट बच्न जापानी सरकारले लिने सबै आवश्यक कदमलाई सहयोग गर्ने बताएका छन् । उनले स्थगनको दिनदेखि नै यो जिम्मेवारी निभाइरहेको बताउँदै अझै पनि जापानी जनता र सबै सहभागीका लागि सुरक्षित र ओलम्पिक र प्यारालम्पिक खेल हुन आवश्यक रहेको कुनै पनि उपायलाई समर्थन गर्ने थपेका छन् ।

कोभिड घटनाहरू बढ्दै गइरहेको अवस्थामा जापानी प्रधानमन्त्री योसिहिदा सुगाले बिहीबार मात्रै ८ देखि २२ अगस्टसम्म आपतकालको घोषणा गरेका छन् । २३ जुलाइदेखि सुरु हुने ओलम्पिकमा १० हजार समर्थकलाई खेलमा उपस्थित गराउने आयोजकले योजना बनाएको थियो । त्यसपछि ५ हजार समर्थकलाई खेलहरुमा प्रवेश दिने योजना बनाए पनि पछिल्लो घट्नाक्रमले बिना दर्शक नै खेल गराउने आयोजकले निर्णय गरेको छ । कोरोनाको प्रभाव बढ्दै गएपछि जापानी जनताले ओलम्पिक नै स्थगित गर्नुपर्ने भन्दै ब्यानर प्रदर्शन गरेका छन् ।विश्व खेलकुदको कुम्भमेला ओलम्पिकमा ३३ खेलमा विभिन्न ३ सय ३९ इभेन्टमा करिब ११ हजारभन्दा बढी एथलिटले सहभागिता जनाउँदै छन् । नेपालबाट पौडीबाट गौरिका सिंह र एलेक्सजन्डर शाह, १० मिटर एयर राइफल (सुटिङ)मा कल्पना परियार, १०० मिटर दौडमा सरस्वती चौधरी र जुडोकी सोनिया भट्टले ओलम्पिकमा प्रतिस्पर्धा गर्दै छिन् । प्यारालम्पिकमा तेक्वान्दोकी पलेसम गोवद्र्धनले नेपालको चुनौती पेस गर्नेछिन् ।

गौरिका र एलेक्स अभ्यासमा जुटे
टोकियो ओलम्पिकका लागि जापान आइपुगेका नेपाली पौडी खेलाडीले अभ्यास सुरु गरेका छन् । एयरपोर्टमा कोरोना परीक्षणको नतिजा नेगेटिभ आएपछि तोकुसिमा आएर नेपाली पौडी खेलाडी गौरिका सिंह र अलेक्जेन्ड शाह (एलेक्स) लेतोकुसिमा स्थित कुरामोतो स्विमिङ पुलमा अभ्यास गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी)ले जनाएको छ ।तोकुसिमामा आइपुग्दा नेपाली खेलाडीलाई भव्य स्वागत गरिएकोमा गौरिका सिंहले तोकुसिमावासीसहित जापानलाई आभार व्यक्त गरेकी छन् । नेपाली खेलाडीलाई तोकपसिमा वासीले नेपाली पोषकसहित भव्य स्वागत गरेका थिए । पहिलो दिनको अभ्यासमा नेपाली खेलाडीले कुनै कठिनाइको महसुस नगरेको र नेपाली खेलाडीको अभ्यास खेललाई महत्वका साथ प्रसारण गरेको छ ।

एनओसी र तोकुसिमा प्रान्तबीच टोकियो ओलम्पिकमा सहकार्य गर्ने सहमति पछि जापानको वातवरण मिलाउन दुवै खेलाडीलाई दुई साता अगाडि नै अभ्यासका लागि तोकुसिमा आएका हुन् । टोकियो ओलम्पिकमा गौरिका र एलेक्स दुवैले १ सय फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । गौरिकाले डेढ वर्षअघि स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुदमा ४ स्वर्णपदक जितेकी थिइन् । बेलायत बसोबास गर्दै आएकी उनी त्यहींबाट जापान गएकी थिइन् । उनी रियो ओलम्पिक २०१६ मा कान्छी एथलिट बनेकी थिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]