भारतकाे उत्तर प्रदेशमा चट्याङबाट २८ काे मृत्यु भएकाे छ। बिबिसी हिन्दीका अनुसार आइतबार भारी वर्षासँगै राज्यका अलगअलग ठाउँमा चट्याङ खस्दा २८ काे मृत्यु भएकाे हाे।
प्रयागराज क्षेत्रमा चट्याङबाट १३ काे मृत्यु भएकाे छ। मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई चार लाखका दरले राहतकाे घाेषणा गरेका छन्।कयाैँ घाइते भएका छन्। घाइतेकाे राज्य सरकारले उपचार गरिरहेकाे छ।