सप्तरी – २४ घण्टामा देशभर १ हजार ६९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार विभिन्न जिल्लामा गरिएको ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जनामा कोरोना पुष्टि भएको हो ।
३ हजार ८९५ एन्टिजेन परीक्षणमा ६८० जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ३७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ ।नेपालमा कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४०० पुगेको छ ।