स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, ११ हजार १२ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ३९८ जनामा कोरोना संक्रमण देखिएको छ।
जसमध्ये सात हजार ५८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ६३९ जनामा र तीन हजार ९५४ जनाको एन्टिजेन परीक्षण गर्दा ७५९ जनामा कोरोना देखिएको हो।त्यस्तै, आज कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। सोमबार १८ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ४१२ पुगेको छ।
पछिल्लो २४ घण्टामा दुई हजार ७८ जना निको भएका छन्। सोमबार एक हजार १३३ जना निको भएका थिए।