०९ पौष २०८१, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ २९, २०७८

पोखरा – लकडाउन खुकुलो भएसँगै फेवातालमा डुंगा सञ्चालनमा आएका छन् । कोरोना संक्रमण नियन्त्रण गर्न लगाइएको लकडाउनसँगै डुंगा वैशाख १४ गते देखि बन्द थिए।

सरकारले दिएको निश्चित मापदण्ड अनुसार शनिबारदेखि फेवातालको सबै घाटबाट डुंगा नियमित रुपमा सञ्चालन गरिएको फेवा डुंगा व्यवसायी समितिका उपाध्यक्ष मंगल नेपालीले जानकारी दिए ।डुंगा सञ्चालनमा आए पनि फेवातालको मध्यभागमा रहेको तालबाराही मन्दिर दर्शन गर्न भने अझै सरकारले रोक लगाएको छ । मन्दिर पनि अझै नखुलेको र स्वदेशी तथा विदेशी पर्यटक पनि घुम्न नआएकोले दैनिक ५/७ वटा डुंगा मात्र चल्ने गरेको समितिका सहसचिव रुद्ध भुजेलले बताए । फेवातालको ८ डुंगा घाटमा कुल ७ सय डुंगा छन् । सबैभन्दा धेरै डुंगा तालबाराही मन्दिर जाने बाराही घाटमा ३ सय ५६ रहेका सहसचिव भुजेलले बताए ।

कोरोना संक्रमणका पहिलो लहरमा लकडाउन हुनु अघि २०७६ चैत ९ गते देखि बन्द रहेको डुंगा ६ महिना पछि २०७७ असोज २ गते सञ्चालनमा आएको थियो । लकडाउनको कारण अरु मजदुर जस्तै डुंगा चालक मजदुरहरु पनि बेरोजगार बनेका थिए । फेवातालमा पोखराबाहिरबाट आएर डुंगा चलाएर जीवन निवाह गर्ने १५० भन्दा बढी रहेको समितिले जनाएको छ ।

पहिरो पसेपछि फेवाताल हिलाम्मे

तालको मुहानबाट आउने खोला हुँदै तालमा पहिरो पसेपछि फेवाताल १४ दिन देखि हिलाम्मे भएको छ । भारीवर्षाको कारण तालको जलाधार क्षेत्रका वनमा गएको पहिरो तालको मुख्य स्रोत हर्पन खोला हुँदै माटो, गेगर र कमेरो तालमा पस्दा ताल हिलाम्मे हुनुको साथै गहिराइ पनि घट्दो क्रममा छ ।

फेवाताल पुरिनबाट जोगाउन गत वर्ष फेवातालका मुहानका ४ खोलामा बनेको सिल्टेसन ड्याम मध्य सबैभन्दा ठुलो हर्पन खोलामा बनाएको ड्याम भत्कदा त्यस सिल्टेसन पोखरीमा जम्मा भएको गेगर, माटो सहित खोला किनारका डिल समेत भत्काउदै र काट्दै तालमा मिसिदा ताल धमीलो भएको हो । ताल लामो समय सम्म धमीलो हुँदा तालमा रहेका माछा लगायत जलचरलाई पनि असर पुग्ने विज्ञहरु बताउछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]