दाङ – कोरोना विशेष अस्पताल, बेलझुण्डी दाङमा बुधबार थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका-३, का ५८ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ।उनको साँझ करिब साढे ६ बजेतिर मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्णबहादुर वलीले जानकारी दिए।उनी यही असार २९ गते आइसीयूमा भर्ना भएका थिए। उनलाई निमोनियाँसँगै श्वासप्रश्वासको समस्या र कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
हाल अस्पतालमा ८ जना कोरोना सङ्क्रमितहरू रहेको र उनीहरु आइसीयूमा उपचाररत रहेको समेत अस्पतालले जनाएको छ।