छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा थप ३९ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसै गरी पछिल्लो २४ घन्टामा थप ५४४ जना संक्रमितले ज्यान गुमाएका छन् । भारतमा १०१ दिनमा यति थोरै संख्यामा मृत्यु भएको हो । गत अप्रिल ५ मा भारतमा ४४६ संक्रमितले ज्यान गुमाएका थिए ।यसै गरी पछिल्लो २४ घन्टामा भारतमा थप ३९ हजार ८२७ जना संक्रमित निको भइ घर फर्किएका छन् । अहिले भारतमा ४ लाखभन्दा धेरै सक्रिय संक्रमित रहेका छन्।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म भारतमा ३ करोड १० लाख २६ हजार ८२९ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ४ लाख १२ हजार ५३१ जनाले ज्यान गुमाएका छन् । भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ ।