सप्तरी – सप्तरीको शम्भुनाथ नगरपालिकाका किसानहरुलाई गहुँको बिउ वितरणमा काखापाखा गरेको भन्दै स्थानीय किसानहरुले आज नगरपालिकाको कार्यालयमा प्रद्धर्शन तथा तोडफोड गरेका छन ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु गुरुङ्ग तथा मेयर योगेन्द्र प्रसाद चौधरीले यहाँका किसानहरुका लागि आएको गहुँको अनुदानको बिउ यहाँका सिमित तथा आफना निकटमा किसानहरुलाई मात्र उपलब्ध गराएको भन्दै आक्रोशित किसानहरुले आज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा मेयर चौधरीको कार्यकक्ष घेराउ गर्नुका साथै प्रद्धर्शन तथा तोडफोड समेत गरेका छन ।
नगरपालिकाले गोप्य तरीकाबाट केही कर्मचारी तथा मेयर र अधिकृतले आफना नातागोताका किसानहरुलाई मात्र ५० प्रतिशत अनुदानको गहुँको बिउ उपलब्ध गराएको भन्दै आक्रोशित स्थानीय किसानहरुले प्रद्धर्शन गरेका हुन । आक्रोशित किसानहरुले अधिकृत तथा मेयरको कार्यकक्षमा तोडफोड तथा प्रद्धर्शनको क्रममा मेयरको कक्षको झयालकाे पर्दा समेत किसानहरुले चुडाएकाे छ ।
यता अधिकृत गुरुङ्गले बिउका लागि जाे पहिले अाए उसैलाई दिएकाे ,हाल ४ लाख मुल्य वरावरको बिउ खरिद गरेको तथा पछि अरु खरिद गर्ने तथा जम्मा १२ लाखको खरिद गर्ने लक्ष्य रहेको स्विकार गर्नुभयो । अधिकृत गुरुङ्गले बिउ कम भएकाले किसानहरुबिच विवाद भएको बताउनुभयो । यता अधिकृत गुरुङ्गले आवश्यकता अनुसारको यहाँका किसानहरुलाई चाहिने मल खाघ तथा बिउ विजनहरु वितरण गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । सो सम्बन्धमा नगरपालिकाका मेयर चौधरीसाग सम्पर्क गर्दा उहाँको मोबाईलमा सम्पर्क हुन सकेन । तस्विर तथा भिडियाे सुरक्षित राखिएकाे छ।