सप्तरी – बालिका हत्या प्रकरणमा प्रहरीको गोली लागि गम्भीर घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको काठमाण्डौमा उपचारको क्रममा मृत्यु भएको छ ।
महोत्तरीको बर्दिबासमा सोमबार ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै मङ्गलवार भएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका बर्दिबास वडा नम्बर १ बस्ने सञ्जयको उपचारकै मंगलवार राति काठमाडौं स्थित ग्राण्डि होस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।
आइतबार चकलेट किन्न गएकी गुलबसा खातुनको बेपता पछि हत्या गरेर बोरामा बेरेर स्थानीय पसले अरुण कुमार साहले माटोमा पुरेका थिए ।
दुई दिन देखि बेपत्ता रहेकी बालिकाको मंगलवार बिहान बर्दिबास वडा नम्बर १४ स्थित उनको घरनजिकै शव फेला परेको थियो । बालिकाको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयवासीले दोषीलाई कडा कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर प्रदर्शन गरेका थिए ।