पाकिस्तानमा चिनियाँ नागरिकहरूमाथि केही दिनयता हिंसा भइरहेको छ ।
दासुमा बम आक्रमण भइै नौजना चिनियाँ नागरिकको हत्या गरिएको केही दिनमै कराचीमा बलुच विद्रोहीहरूले एक चिनियाँ नागरिकलाई उनकै कारभित्र गोली प्रहार गरेका छन् । आक्रमणमा परेका चिनियाँ नागरिक निकै घाइते भएका छन् । पाकिस्तानले देशभित्र रहेका सबै चिनियाँ नागरिकलाई सुरक्षा दिने बताएलगत्तै यस्तो आक्रमण भएको हो ।
आक्रमणकारीहरू मोटरसाइकलमा आएको र अपराध गरेर भागेको बताइएको छ । ती चिनियाँ इन्जिनीयरको स्वास्थ्य स्थिर रहेको बताइएको छ । बलुचिस्तान लिबरेसन फ्रन्टले आक्रमणको जिम्मेवारी लिएको छ । यस घटनालाई चीनले सामान्य भनी टिप्पणी गरेको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लिजियानले भने, ‘चीनले यस घटनालाई नजिकैबाट नियालिरहेको छ । घटनाको जाँचबुझ गरिँदैछ । यो सामान्य घटना हो ।’
हजारौं चिनियाँहरू ६० अर्ब डलर बराबरको चीन पाकिस्तान आर्थिक कोरिडोरमा काम गरिरहेका छन् । बलुच विद्रोहीहरूले यस परियोजनाको विरोध गरिरहेका छन् ।