११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, साउन १५, २०७८

कञ्चनपुर – महेन्द्रनगर निवासी कृष्णराज बोगटी दोस्रो चरणको खोप अभियान सुरु भएको पहिलो दिन बुधबार बिहानै परिवार नियोजन संघ कञ्चनपुरको कार्यालयमा पुगे । उनी पुग्दा कोरोनाविरुद्धको खोप लगाउनको भीड निकै बढी थियो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका– ६ वनगाउँस्थित सहरी स्वास्थ्य क्लिनिकमा बिहीबार खोप लगाउनेहरूको भीड । तस्बिर : भवानी/कान्तिपुर
चर्को घाममा लामो लाइन थियो । १० बजे लाइनमा लागेका उनले दुई घण्टापछि मात्रै खोप लगाउने पालो पाए । ‘यस्तो घाममा दुई/तीन घण्टा लाइन लाग्नु निकै अप्ठेरो छ, खोप केन्द्रमा व्यवस्थापन निकै कमजोर भयो,’ बोगटीले भने, ‘खोप लाउन आएका आफै बिरामी हुने समस्या देखियो ।’ खोप केन्द्रमा मास्क, सेनेटाइजरको प्रयोग र भौतिक दूरीमा पनि खासै ध्यान पुगेको देखिएन । जसका कारण खोप केन्द्रमै संक्रमणको जोखिमसमेत बढी देखिन्छ ।

खोप लगाउने केन्द्रमा पुग्नेहरू चर्को घाम र अव्यवस्थित लाइनका कारण फर्किने गरेका थिए । उनीहरू खोप लगाउनेको लाइन घट्ने प्रतीक्षामा देखिन्थे । ‘दुई/अढाई घण्टासम्म लाइन लागेर पनि खोप लगाउने पालो आएको छैन,’ महेन्द्रनगरकै स्थानीय क्षेत्रज्ञ नारायण खत्रीले भने, ‘खोप केन्द्रमा व्यवस्थापन निकै कमजोर देखियो ।’कञ्चनपुरमा बुधबारदेखि जिल्लाका ९ वटै पालिकाहरूमा कोरोनाविरुद्धको खोप लगाउन सुरु भएको हो । अहिले ५५ वर्षभन्दा माथिको उमेर समुह र विगतमा छुटेको उमेर समूहकालाई खोप लगाउने योजना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।महेन्द्रनगर तथा आसपासका खोप केन्द्रमा खोप लगाउन आउनेको भीड निकै बढी थियो । स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्ने विषयमा सबैले लापरबाही नै गरेका थिए । खोप केन्द्र व्यवस्थापनमा नगर प्रहरीलगायत अन्य सुरक्षाकर्मीको उपस्थिति देखिए पनि स्थानीयले लामो समय लाइन लागेर मात्रै खोप लगाउन पाइरहेका थिए ।

‘बजार क्षेत्रमा भीडभाड बढी भएका कारण केही समस्या देखिएको थियो,’ जिल्ला स्वास्थ्य कार्यालयका कोल्ड चेन अधिकृत जनक कुँवरले भने, ‘सबैजना एकै पटक आउदा व्यवस्थापनसँगै स्वास्थय सुरक्षाका मापदण्ड पालना गराउन केही समस्या देखिएको हो ।’ उनका अनुसार बुधबार ८ हजार ४४ र बिहीबार ११ हजार ८ सय ६८ गरी करिब १९ हजार जनालाई भेरोसेल खोप लगाइएको छ । सबै पालिकाबाट पूर्ण विवरण प्राप्त भइनसकेको उनले बताए ।
जिल्लामा बुधबारदेखि ४ दिन ३६ हजार जनालाई भेरोसेल र आइतबारदेखि ३ दिन २७ हजार जनालाई जोन्सन खोप लगाउने योजना छ । स्वास्थ्य कार्यालयका अनुसार जोन्सन खोप ५० वर्षमाथिका, वैदेशिक रोजगारीमा जाने र अपांगता भएका व्यक्तिहरूलाई लगाइनेछ । भेरोसेल खोप ५५ वर्षभन्दा माथिका, शिक्षक, यातायात मजदुर, उद्योगी व्यवसायी र यसअघि छुटेको विभिन्न उमेर समूहका व्यक्तिलाई लगाइनेछ ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कोभिसिल्डको ६ हजार ४ सय कक४० र भेरोसेलको ६ हजार ८ सय ८१ गरी १३ हजार जतिले मात्रै दुई डोज खोप लगाउन पाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]