२६ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, साउन १६, २०७८

अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघको मुख्य परिसरमा हमला भएको छ । यस हमलामा एक पुलिसको मृत्यु भयो भने अन्य केही अधिकारी घाइते भए ।

यद्यपि, अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघ सहायता मिसनले यस हमलामा संलग्न संस्थाको नाम भने खुलाएको छैन । संयुक्त राष्ट्रसंघ सहायता मिसनका अनुसार अफगानिस्तानको हेरातमा सरकारविरोधी तत्वले संयुक्त राष्ट्रसंघको मुख्य परिसरमा हमला गरेका हुन् ।पछिल्लो समय अफगानिस्तानमा तालिवानसहितका अतिवादी संगठनहरुले निरन्तर हिंसा मच्चाइरहेका छन् । तालिवान लडाकुहरुले अफगानिस्तानका २० वटा प्रान्तमा मोर्चा सञ्चालन गरिरहेका छन् । उनीहरुले धेरै गाउँहरु कब्जामा लिइसकेका छन्, जसकारण काबुलपछिको दोस्रो ठूलो शहर कन्दहरमा शरण लिन आउनेहरुको संख्या निकै बढेको छ । तालिवानीहरुले यो शहरमा छिर्नका लागि पनि धेरै प्रयास गरिसकेका छन् । तर, उनीहरु सफल हुन सकेनन् ।

टेलो न्युजका अनुसार फरयाब प्रान्तको मैमान शहरमा केही दर्जन रकेटमा तालिवानले निशाना मारेको छ, यसमा धेरै आम नागरिकहरु मारिएका छन् । अफगान रक्षा मन्त्रालयका प्रवक्ता फवाद अमनका अनुसार यहाँ सेनाले लगातार तालिवानविरुद्ध हवाई र जमिनी हमला गरिरहेको छ । जबकी हेरात प्रान्तमा बिग्रँदो अवस्था देखेर अधिकारीहरुले राति नै कर्फ्यु लगाइदिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]