११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, साउन १७, २०७८

हिजो बिहान टोखास्थित ग्राण्डी अस्पताल खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मीमाथि केही उच्छृंखल व्यक्तिले सांघातिक आक्रमण गरेका छन् । सरकारले खोप लगाउन तोकेको उमेर समूहमा नपरेका रामकाजी थापालगायतका व्यक्तिले त्यस्तो काम गरेको बताइन्छ ।

महामारीमा खटिएका स्वास्थ्यकर्मीमाथि गरिएको अमानवीय व्यवहारको घोर भर्त्सना गर्दै टोखा नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारी र स्वास्थ्य कर्मचारीले कार्वाहीको माग गरेका छन् । उनीहरुले यस्तो अमानवीय घटना पटक पटक हुने गरेको तर सम्बन्धित निकायबाट कुनै सुनुवाई नभएको समेत बताएका छन् ।उनीहरूले भनेका छन्,‘यस्ता घटनाले सबैको मनोबल खस्काउने भएकाले सरोकारवाला सबै निकायको ध्यानाकर्षण गराउँछौं ।’

विभिन्न इकाइसँग सम्बन्धित १३ जना कर्मचारीले संयुक्त हस्ताक्षर गरेको विज्ञप्तिमा यस्ता घटनाबाट हतोत्साही नभई विषम परिस्थितिमा निरन्तर सेवा प्रवाहमा जुट्न सम्पूर्ण स्वास्थ्यकर्मीलाई अपिल समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]