११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, साउन २०, २०७८

नेपालगञ्ज – पीसीआर पोजेटिभ आएकै दिन भेरी अस्पताल, नेपालगञ्जमा भर्ना भएका बर्दियाका २३ वर्षीय युवकको भोलिपल्टै मृत्यु भएको छ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले दिएको जानकारी अनुसार, बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ का २३ वर्षीय युवकको आज बिहान तीन बजे मृत्यु भएको हाे।साउन १९ गते बागेश्वरी ल्याबमा पीसीआर गरेका उनलाई त्यही दिन भेरीमा भर्ना गरिएको थियो। विगत तीन दिनदेखि बाँकेमा लगातार एक/एक जनाको मृत्यु भइरहेको छ। मृतक सबै बाहिरी जिल्लाका रहेका छन्।

अहिले पनि यहाँका अस्पतालमा उपचारमा रहेका धेरैजना बिरामी बाहिरी जिल्लाकै रहेका छन्। बाँकेका १५ र बाहिरी जिल्लाका २४ जनाको उपचार भइरहेको छ। बाँकेमा अहिलेसम्म बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा ३ सय ८० जनाको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]