नेपालगञ्ज – नेपालगञ्जको भेरी अस्पतालमा बर्दियाका कोरोना संक्रमितको मृत्यु भएको छ।
बर्दिया गेरुवा गाउँपालिका वडा नं. ५ का ७० वर्षीयको भेरीमा उपचारको क्रममा मृत्यु भएको हो।जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, साउन ९ गते बर्दियामा पीसीआर गरिएका उनलाई ११ गते भेरीमा भर्ना गरिएको थियो। उनको बुधबार राति मृत्यु भएको छ।
योसँगै बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ३ सय ८१ पुगेको छ।केही दिनयता बाहिरी जिल्लाबाट नेपालगञ्जमा उपचार गर्न आएका व्यक्तिको दैनिकजसो नै मृत्यु भइरहेको छ। यहाँका अस्पतालमा उपचार गराइरहेका संक्रमित पनि बाहिरी जिल्लाका बढी रहेका छन्।