११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, साउन २१, २०७८

बैतडी – कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका बैतडीका विद्यालयमा पठनपाठन पुनः सञ्चालन थालिएको छ।

जिल्लाको मेलौली नगरपालिकाका विद्यालय पुनःसञ्चालनमा ल्याइएको हो। नगरपालिकामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य रहेकाले विद्यालय पुनः सञ्चालनमा ल्याइएका नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले बताए।

‘लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको शैक्षिक गुणस्तरमा कमी आउन थालेपछि विद्यालय पुनः सञ्चालनमा ल्याएका हौँ,’ उनले भने, ‘विद्यालय सञ्चालनमा ल्याएपनि कोरोना जोखिम कायमै छ, हामीले स्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका छौँ।’कोरोना जोखिम भएका क्षेत्रमा सामुदायिक कक्षा र टोल कक्षा सञ्चालन भइरहेका र जोखिम नभएका ठाउँमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेको छ।

लामो समयदेखि विद्यालय बन्द भएकोले विद्यार्थीहरूको भविष्य अन्योलग्रस्त हुने भएकाले पुनः पठनपाठन गरिएको नगरपालिकाका पदाधिकारीहरूले जानकारी दिएका छन्‌। मेलौली नगरपालिकामा ४६ ओटा सामुदायिक विद्यालय रहेका छन्।बैतडीका अन्य स्थानीय तहहरूले पनि विद्यालय पुनः सञ्चालनको तयारी गरिरहेका शिक्षा विकास तथा समन्वय समिति बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताए।

उनले भने, ‘केन्द्र सरकारले स्थानीय सरकारलाई कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय पुनः सञ्चालन गर्नसक्ने अधिकार दिएको छ, सोहीअनुसार तयारी गरिरहेका हुन्।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]