नेपाल पक्षीय नेकपा एमाले सप्तरीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाबाट १५१ सदस्यीय जिल्ला कमिटी कायम रहेको र प्रत्येक जिल्ला कमिटी सदस्यहरुलाई स्थानीय पालिका एबं निर्वाचन क्षेत्रको ईन्चार्ज र सह ईन्चार्जको जिम्मेवारी तोकीएको छ ।
सप्तरीको बैठकबाट अध्यक्ष गोबिन्द न्यौपानेको अध्यक्षतामा शनिवार राजविराज स्थित नगर सभा हलमा सम्पन्न गरी बैठकले सर्वोच्च अदालतको ०७७ फागुन २३ को फैसलाले ०७५ जेठ २ गते अघिको कमिट कायम भएपछि छुटेकाहरु समेटने गरि १५१ सदस्यीय सप्तरी जिल्ला कमिटी विस्तार गरि जिम्मेवारी हेरफेर आज आयोजित पत्रकार सम्वेलमा मार्फात सर्वजनिक गरिएको छ ।बैठकले केहि ब्यक्तिहरुले अध्यक्ष र सचिव भनि अनाधिकृत गतिबिधि गरि रहेको बुझिएकोले आपत्ति प्रकट गर्दै उक्त अनाधिकृत कार्य तत्काल रोक्न निर्देशन जारी गर्ने र यस्तो अनाधिकृत कार्यमा नलाग्न एवं भ्रममा नपर्न पार्टी नेता , कार्यकर्ता , सदस्य एवं समर्थक शुभ चिन्तकहरुलाई आह्वान गर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ । समसामयिक प्रस्ताव पारित गर्दै पार्टी एकताको सन्दर्भमा साउन २१ र २२ गते माधव कुमार नेपालको अध्यक्षतामा काठमाण्डौंमा बसेको केन्द्रिय कमिटीको बैठकले गरेको निर्णय अनुसार सम्मानजनक एकता प्रकृयार्लाई अगाडि बढाउन नेतृत्वको ध्यानाकर्षण गराउने निर्णय गरेको समेत उल्लेख छ ।
बैठकले क्षेत्र नम्बर १ , २, ३ मा इन्चार्ज हेरफेर गरि क्रमश नारायण आचार्य , निरन्जन झा र अनिल गुप्तालाई इन्चार्ज तोकेको जनाईको छ भने ४ नम्बर क्षेत्रको इन्चार्जमा राजेन्द्र प्रसाद साहलाई कायमै राखेको विज्ञप्तीमा उल्ेख गरिएको छ । यसै गरी नगरपालिका र गाउ पालिकामा जिम्मेवारी वाडफाड गर्दै इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको बताएइको छ ।सप्तकोशीमा इन्चार्ज लेखनाथ घिमिरे,सहइन्चार्जमा हेम श्रेष्ठ र बद्रि नारायण चौधरी,हनुमाननगर कंकालनीमाः इन्न्चार्जमा लक्ष्मण मण्डल,सहइन्चार्जमा शरदचन्द्र झा र आनन्ददेव यादव,कञ्चनरुपमाः इन्चार्जमा मो इस्लाम मिया र सहइन्चार्जमा अमल पोखरेल,अग्नि कृष्णसवरणमाः इन्चार्जमा पुष्प बञ्जारा , सह इन्चार्जमा बद्रिनारायण चौधरी र अर्जुन कोइराला,तिरहुतमाः प्रताप–प्रकाशर्लाई इन्चार्जको जिम्मेवारी तोकेको छ ।
त्उसै गरी राजबिराजमा इन्चार्जमा मनोज देव, सह इन्चार्जमा जगदीश अर्याल, अनार चौधरी, ममता चौधरी, भिम आले मगर र भुपेन्द्र नारायण मण्डल,तिलाठि कोईलाडिमा इन्चार्जमा देवराम शर्मा, सहइन्चार्जमा हेमनाथ सिह र किरणदेव मिश्र,महादेवामा इन्चार्जमा बासुदेव यादव र सह इन्चार्जमा भुपेन्द्र नारायण मण्डल,छिन्नमस्तामा इन्चार्जमा निरन्जन झा,शम्भुनाथमा इन्चार्जमा जितेन्द्र गुप्ता,डाक्नेश्वरीमा इन्चार्जमा शम्भु यादव,रुपनीमा इन्चार्जमा असर्फि यादव सह इन्चार्जमा कुमारमान श्रेष्ठ र नर्मदेव यादव ,राजगढमा इन्चार्जमा कौशलेन्द्र यादव सहइन्चार्जमा श्रीप्रसाद मण्डल,विष्णुपुरमा इन्चार्जमा महेन्द्र यादव सह इन्चार्जमा विक्ष्णुदेव राम र रामकुमार यादव,सुरुङ्गामा इन्चार्जमा विष्णुबहादुर थापा सह इन्चार्जमा महेन्द्र पासमान र देबेन्द्र चौधरी,खडगमा इन्चार्जमा शत्रुघन आजाद, सहइन्चार्जमा देवकान्त चौधरी र प्रमोद चालिसे,बोदे वरसाईनमा इन्चार्जमा देवचन्द्र झा सह इन्चार्जमा जुगेश्वर पासमान र सत्यनारायण यादव,वलानविहुलमा इन्चार्जमा राजेन्द्र प्रसाद साह , सह इन्चार्जमा विना यादव र दीलिप यादवलाई जिम्मेवारी पार्टीले दिएको जनाएको छ ।
यसै गरी बैठकले कोभिड बिरुद्धको खोप सहज उपलब्ध गराई जनताको जनस्वास्थ्य प्रति गम्भिर बन्न, बाढि पहिरो पीडितहरुलाई राहत र पुनस्थापनको ब्यबस्था मिलाउन तथा किसानका लागि सहज खादमल उपलब्ध गराउन सम्बन्धित निकायको ध्याकर्षण गर्ने प्रस्ताव पारित गरेको उल्लेख छ । त्यस्तै गरी मृगौलाको सफल प्रत्यारेपण गरि उपचार गराई रहनु भएका पार्टीका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको शिघ्र स्वास्थ्यलाभको कामना गरेको विज्ञप्तीमा जनाईएको छ ।