सप्तरी – प्रिमियर लिग क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलअन्तर्गत आज (बुधबार) राति समूह चरणको चौथो खेल खेल्दै छ । साबिकको विजेता टोली लिभरपुलले इटालियन क्लब एटलान्टासँग प्रतिस्पर्धा गर्न लागेको हो ।
लिभरपुलको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १:४५ मा सुरु हुनेछ । आजको खेलमा लिभरपुल सहज जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउने योजनामा हुनेछ ।