भारतमा थप ४० हजार १२० जना सक्रिय कोरोना संक्रमित पहिचान भएका छन्। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ८५ हजार २२७ पुगेको छ।
भारतमा पछिल्लो केहीदिन यता फेरि कोभिड १९ संक्रमितको संख्या बढ्न थालेको होयस्तै, पछिल्लो २४ घण्टामा ४२ हजार २९५ जना संक्रमण मुक्त भएका छन्। थप ५८५ जना संक्रमितको मृत्यु भएको छ भारतमा हालसम्म ३ करोड २१ लाख १७ हजार ८२६ जनामा संक्रमण देखिँदा ४ लाख ३० हजार २५४ जनाको मृत्यु भइसकेको छ।