०७ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, साउन ३०, २०७८

काठमाडौं – सरकारले इन्टरनेटको शुल्क घटाउने तयारी गरेको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सबैमा इन्टरनेट सेवाको पहुँच पुर्‍याउन सेवा शुल्क घटाउने तयारी गरिएको जानकारी दिएका छन् ।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘मोबाइल डेटा वा वाईफाई कुनबाट शुल्क घटाउन सकिन्छ भनेर अध्ययन गरिरहेका छौं ।’सरकारी र निजी सेवाप्रदायक मिलेर अहिले भएको दरमा इन्टरनेट सेवाको शुल्क घटाई सबैको सुलभ बनाइने उनले जनाए यता नियमक नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि नै इन्टरनेटको शुल्क देशको प्रतिव्यक्ति आएको दुई प्रतिशतमा झार्ने तयारी अगाडि बढाइसकेको छ ।

हालको ब्रोडब्याण्ड नीतिले इन्टरनेटको शुल्क देशको प्रतिव्यक्ति आयको ५ प्रतिशत हुनुपर्ने भनी उल्लेख गरेकाे छ ।तर, अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयु) ले सन् २०२५ सम्म त्यसलाई घटाएर प्रतिव्यक्ति आयको दुई प्रतिशतमा झार्नुपर्ने बताएको छ । त्यसैका आधारमा हाल नीतिगत सुधारको प्रक्रिया अघि बढेको प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]