२६ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, साउन ३०, २०७८

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको बस हमलामा संलग्नहरु पत्ता लगाउनुपर्ने माग चीनले गरेको छ । चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्तालाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले यस्तो जनाएको हो ।

रिपोर्टअनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले यस घटनाको सत्यतथ्य र दोषी पत्ता लगाउनुपर्ने माग पाकिस्तानी अधिकारीसँग गरेका छन् ।गत जुलाईमा भएको बस हमलामा नौ चिनियाँ नागरिकसहित कम्तिमा १३ जना मारिएका थिए । यी मानिसहरु डासू बाँध परियोजनामा काम गरिरहेका थिए । सुरुमा, पाकिस्तानले ग्यास लिक हुँदा यस्तो बिस्फोट भएको जनाएको थियो । तर, चीनले बसमाथि हमला भएको दाबी गरेको थियो । त्यसयता, चीनकै सहयोगमा छानविन गरिएको थियो ।

त्यसपछि, पाकिस्तानका विदेश मन्त्री शाह महसुद कुरैशीले यस हमला अफगानिस्तानको जमिनबाट भएको प्रतिक्रिया दिएका थिए । यसका लागि प्रयोग गरिएको सवारी पनि अफगानिस्तानकै बाटो हुँदै ल्याइएको उनको दाबी थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]