१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र ०१, २०७८

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश कुनै हालतमा मान्य नहुने स्पष्ट पारेका छन् ।

मंगलबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अध्यादेश जारी नगर्न र जारी भए कार्यान्वयन गर्न नहुने स्पष्ट पारेका हुन् ।ओलीले अहिलेको गठबन्धन नामको सरकार असंवैधानिक, गैरकानूनी, जनादेशविपरितको र अपराधीक उदेश्यका साथको सरकार भएको आरोप लगाए । ओलीले षडयन्त्रपूर्वक गलत मनशायका साथ अनैतिक प्रयोजकनका लागि संसदको अधिवेशन अन्त्य गरिएको भन्दै निन्दा गरे ।संसद अधिवेशन रोकेर १२ घण्टा नवित्दै कालो र षडयन्त्रपूर्वक दल बिभाजको अध्यादेश सरकारले ल्याएको भन्दै उनले आक्रोश व्यक्त गरे । ओलीले तत्काल अध्यादेश फिर्ता लिन माग गरे ।

उनले आफ्नो पार्टी फुटाउन कांग्रेस लगाएतका दलहरु लागेको भन्र्दै अध्यादेश खारेज नभए वा एमाले फुटे महङ्गो पर्ने चेतावनी दिए । अहिलेको सरकारले प्रतिपक्षीमाथि दमन गर्न खोजेको भन्दै अव एमाले चूप लागेर नबस्ने उनले बताए ।पार्टी एकताका लागि आफुले अधिकतम लचकता अपनाएपनि अर्को पक्षले एक पछि अर्को अडान लिएका कारण समस्या भएको उनले बताए । बैठकले आफ्नो पार्टी फुटाउने गरी नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको अध्यादेशको चर्को विरोध गर्दै अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ । यस्तै बैठकले तीन दिनभित्र संसद बैठक बोलाउनसमेत माग गरेको छ । त्यस्तै बैठकले अफगानस्थानमा रहेका नेपालीहरुका सहज उद्धारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै भूतपूर्व गौर्खा सैनिकको समस्या समधान गर्न कुटनीटिक पहल गर्न पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको एमाले अध्यक्ष ओलीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]