०७ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र ०७, २०७८

काठमाडौं – कोरोना महामारीका कारण भौतिक रुपमा नियमित कक्षा सञ्चालन नहुँदा विकल्पको रुपमा अनलाइन कक्षाहरू सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

तर ग्रामीण भेगका विद्यालय नै इन्टरनेट पहुँच बाहिर हुँदा यस किसिमको कक्षा सञ्चालन चुनौतिपूर्ण देखिएको छ ।सरकारले समेत कोरोना भाइरस संक्रमण बढ्न सक्ने भन्दै विद्यालयहरूलाई वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न भनेको छ । तर वैकल्पिक रुपमा कक्षा सञ्चालन चुनौतिपूर्ण हुँदा सल्यानका ६० हजार भन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको समाचार गोरखापत्रमा छ ।सल्यानमा ४४३ प्राथमिक, ८९ माध्यमिक र ५१ ओटा संस्थागत विद्यालय छन् । त्यसमध्ये १६ ओटा माध्यमिक विद्यालय इन्टरनेट पहुँच बाहिर छन् ।

जसका कारण वैकल्पिक शिक्षामार्फत् सिकाइलाई निरन्तरता दिने सरकारी योजना कार्यान्वयन चुनौतिपूर्ण बनेको हो । नयाँ शैक्षिक सत्र सञ्चालन भएको तीन महिना पुगिसक्दा समेत सल्यानमा न त विद्यालय सञ्चालन हु नसकेका छन् न त वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन नै भएका छन् ।ग्रामीण भेगका अधिकांश बालबालिका भने घरायसी काममा व्यस्त हुने गरेका छन् । सिद्धकुमाख गाउँपालिका १ कि अभिभावक राजकुमारी बस्नेतले गाउँमा इन्टरनेट र फोनको सुविधा नहुँदा ग्रामीण भेगका बालबालिका यतिबेला पठनपाठनमा भन्दा घरायसी कामकाज र मजदुरीमा व्यस्त भएको बताउँछिन् ।

दार्मा गाउँपालिका फारुलाचौरमा रहेको जनज्योति माविले वैकल्पिक माध्यमबाट पढाउन सहज नभएको जनाएको छ । विद्यालयका प्रधानाध्यापक मीन बहादुर वलीले गाउँपालिका केन्द्रमा फोनले समेत राम्रोसँग काम नगर्ने अवस्था रहेको बताए । उनका अनुसार वैकल्पिक माध्यमबाट पढाउन समस्या भएको छ । ‘इन्टरनेट मात्र होइन मोबाइल फोनले समेत काम गर्दैन,’ उनले भने । ग्रामीण भेगमा मात्र होइन, सदरमुकाममा रहेको शारदा नगरपालिकाका केही विद्यालयले समेत वैकल्पिक विधिबाट पठनपाठन सञ्चालन गर्न असमर्थ छन् ।

सदरमुकाम खलङ्गा शीतलपाटीमा रहेको शिवजन माध्यमिक विद्यालय र लुहापिङमा रहेको त्रिभुवन माध्यमिक विद्यालयले अनलाइन कक्षा त सञ्चालन गर्दै आइरहेका छन्, तर सबै विद्यार्थीलाई उनीहरूले समेट्न भने सकेका छैनन् । शिवजन माध्यमिक विद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले पटक पटक आउने जाने विद्युत र एउटै घरमा धेरै विद्यार्थी हुँदा पनि अनलाइन कक्षा प्रभावकारी हुन नसकेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]