सप्तरी – सुनको भाउ आज सामान्य घटेको छ । तोलामा २ सय रुपैयाँले घटेर सुनको भाउ आज ९१ हजार एक सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
हिजाे सुन ताेलामा ३ सय रुपैयाँ घटेर ९१ हजार ३ सय रुपैयाँमा काराेबार भएकाे थियाे । आज चाँदीको भाउ भने स्थिर छ । हिजो जस्तै चाँदी आज तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।