१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र १३, २०७८

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले तत्काल कुनै पाटीसँग एकता गर्ने पक्षमा नरहेको बताएका छन् । आइतबार बानेश्वरमा संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले अन्य पार्टीसँग एकता गरेर जाने कुराहरु वाहियात रहेको बताए ।

उनले भने– ‘हाम्रो यस अगाडि देखि नै जिल्ला जिल्लामा संगठन रहेको छ । अब राष्ट्रिय सम्मेलन गरेर त्यसलाई अझै मजबुद बनाउनुपर्नेछ ।’ उनले पार्टीको संगठन विस्तार गर्दै बलियो बनाउन सांसदहरुलाई निर्देशन समेत दिए ।नेपालले एमाले अध्यक्ष केपी ओलीले इतिहासमा लाजमर्दो काम गरेको बताए । आइतबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा आफ्नो दलका सांसदहरुलाई सम्बोधन गर्दै नेता नेपालले ओलीले पार्टी तहसनहस पारेको बताए ।उनले नेकपा कालमा ओलीले जालझेल षड्यन्त्र गरेको स्मरण गर्दै पार्टीमा आफू कमजोर भएपछि सचिवालयका ३ नेतालाई एकैदिन सबैलाई पालैपालो आफूपछिको प्रधानमन्त्री बनाउने भनेर आश्वासन दिएर भ्रममा राख्न खोजेको उल्लेख गरे ।

ओलीले पुस ५ गते संसद विघटन गरेर प्रतिगमनको बाटोमा लागेको बताउँदै पुनःस्थापित संसदमा आफूले विश्वासको मत नपाएपछि पुन संसद विघटन गर्दै आफ्नो पक्षमा बहुमत छ भनेर राष्ट्रपतिकोमा दावी गरेर लाजमर्दो काम गरेको उल्लेख गरे । उनले संसदबाट अविश्वासको मत पाउने वित्तिकै राजीनामा गर्नुपर्नेमा उल्टै बहुमत दावी गर्नु आश्चर्यको विषय भएको बताए ।उनले ओलीको विपक्षमा १ सय ४६ जना छौँ भनेर सर्वोच्च अदालतमा सशरीर उपस्थित भएर सनाखत गरेको उल्लेख गरे । उनले ओलीको चिन्तनमा विचलन भएकोले उनको व्यवहारमा पनि विचलन आउँदा त्यसले ठूलो क्षेत्रलाई प्रभाव पारेको बताए । उनले भने– ‘म नै सर्वेसर्वा, म नै पार्टी भन्ने चिन्तनको विकास भएकोले त्यसको असर सरकार, पार्टी, कार्यकर्ता, समाजमा असर पर्यो । उनले पूर्व प्रधानन्यायाधीश, नागरिक समाजका सदस्य, मिडियाकर्मी कसैलाई बाँकी राखेनन् ।’

उनले ओलीको जस्तो स्वभाव छ उनका शिष्यहरुको बोली बाणीपनि त्यस्तै रहेको बताए । ओलीका चेलाहरूले पार्टीभित्रको वातावरण नै धुमिल भएको बनाएको नेता नेपालको भनाई छ । उनले पार्टीका सांसदहरुलाई पार्टीको क्रान्तिकारी धार विस्तारको अभियानलाई अघि बढाउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]