१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र १३, २०७८

सप्तरी – सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक सामग्री आज राजविराज आइपुगेको छ।

दैनिक दुई सय सिलिण्डरसम्म भर्नसक्ने क्षमताको अविराजन प्लान्ट अस्पतालले स्थापना गर्न लागेको हो । त्यसका लागि आवश्यक सामग्री आउने प्रतीक्षा भइरहेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उक्त सामग्री अस्तालमा ल्याइएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजित कुमार झाले जानकारी दिए।
उनका अनुसार प्लान्ट स्थापना गर्न सेड तयार भइरहेको र ग्राउण्डमा ढलान कार्य मात्र बाँकी रहेकोले ती कार्य भएसँगैप्लान्ट स्थापना भइसक्नेछ ।

साताभित्र प्लान्ट स्थापना गरी संचालनमा ल्याउने हाम्रो तयारी छ’ उनले के छ खबरसँग भने-‘अक्सिजन प्लान्ट सशालनमा आएपछि यहाँकासाथै जिल्लाभरका अस्पताल, उदयपुर, सिरहा, सुनसरीसहित आसपासका अस्पतालमा पनि अक्सिजनतापूर्ति गर्न हामी सक्षम हुनेछौं ।’ उनले अस्पतालमा देखिएको जनशक्ति अभाव पनि छिटे परिपूर्ति भइसक्ने दावी गरे ।

‘काठमाडौं बसाइको क्रममा अस्पतालमा रहेको जनशक्ति अभावबारे पनि सम्बन्शित ठाउँमा कुरा राखे र २/३ दिन साताभित्रनै जनशक्ति परिपूर्ति भइसक्ने भन्ने आसवान पाएको छु’, उनले भने। हाल अस्पतालमा ७ वटा भेन्टिलेटरसहित १५ शैय्याको आइसियू र १० शैय्याको एनआइसीयू तयार अवस्थामा
रहेको मेसु झाले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]