१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र १३, २०७८

सप्तरी – सप्तरी जिल्लामा कोभिड १९ को संक्रमण दरघटेको भन्दै अगामी भदौ १६ गते बुधबारदेखि निजी बिद्यालय खोल्ने निर्णय गरिएको छ ।

लामो समयदेखि बन्द रहेको बिद्यालय प्रदेशमा कोभिड १९ को संक्रमण दर समेत ५ प्रतिशत भन्दा कम देखिएको अवस्थामा सप्तरी जिल्लामा निजी बिद्यालय खोल्ने निर्णय गरिएको हो ।

आज राजविराजमा नेपाल प्याब्सन ,नेशनल प्याब्सन र प्याब्सन सप्तरीसहित तिन संगठनको बसैको बैठकले सप्तरीमा लगभग शुन्य प्रतिशत कोभिड १९ देखिएको हुनाले तत्काल बिद्यालय खोल्ने निर्णय गरिएको नेशनल प्याबसनका अध्यक्ष नरेशप्रताप साहले बताए ।

बैठकपछि जारि गरिएको बिज्ञप्तीमा बालबालिकाको शैक्षिक,शारीरिक, मानसिक तथा समाजिक बिकासलाई ध्यानमा राखि भौतिक उपस्थितमा बिद्यालय संचालन गर्ने निर्णय भएको जनाइएको छ ।
साथै सवास्थ्य मापदण्ड अनुसार माक्स,समाजिक दुरी एवम सैनिटाइजेशन प्रयोग गरि बिद्यालय संचालन गर्न बिज्ञप्तीमा भनिएको छ ।

भदौ १६ गते बुधवारदेखि बिद्यालयहरु अनुकुल समय बिहान / दिउँसो सिफ्ट वाइज गरि दैनिक कक्षा संचालन गर्न आवद्ध बिद्यालयहरुलाई प्रेस बिज्ञाप्ती मार्फत आग्रह गरिएको छ ।

बिद्यालय संचालन गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बतावरण बनाउन तथा सहमति दिने जिल्लाका सबै नगरपालिका / गाउपालिकाका प्रमुख ,प्रहरी तथा जिल्ला प्रशसन कार्यालयलाई समेत अनुरोध गरिएको जारी बिञप्तीमा उल्लेख गरिएको छ ।

साथै जिल्ला प्रशासन कार्यालय वा नगरपालिका गाउपालिका दुवै पक्षबाट सकारात्मक सार्वजनिक सुचनाका लागि अनुरोध समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]