१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र १४, २०७८

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरिएको छ ।

स्वास्थ्य मन्त्री स्तरीय निर्णय गर्दै परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मालाई हटाएर व्यवस्थापन महाशाखाका सागर दाहाललाई ल्याइएको छ । डा. शर्मालाई व्यवस्थापन महाशाखा पठाइएको मन्त्रालयले जनाएको छ । त्यसैगरी सार्क क्षयरोग केन्द्रका निर्देशक डा. विवेकलाल कर्णलाई परिवार कल्याण महाशाखाको निर्देशकमा सरुवा गरिएको छ । परिवार कल्याण महाशाखाका निर्देशक डा. तारा पोख्रेललाई डा. लालको ठाउँमा लगिएको छ । त्यसैगरी क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. अनुज भट्टचनलाई कर्णाली प्रदेश निर्देशनालयमा पठाइएको छ भने उनको ठाउँमा डा. प्रकाश शाहलाई ल्याइएको छ ।

भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. कृष्ण पौडेललाई नियुक्त गरिएको छ । सो अस्पतालका मेसु डा. रोशन न्यौपानेलाई गजेन्द्र नारायण स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल सरुवा गरिएको स्वास्थ्य सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]