०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र १५, २०७८

विराटनगर । विराटनगरमा नेपाल राष्ट्रिय बङ्गाली समाज महानगरपालिका कमिटी गठन गरिएको छ ।

नेपाल राष्ट्रिय बङ्गाली समाज प्रदेश १ संयोजक तथा अधिवक्ता सुजित कुमार चेलको अध्यक्षतामा बसेको बैठकले समिति गठन गरेको हो ।भेलाले सर्वसम्मत रुपमा बिराटनगर महानगर कमिटिमा अध्यक्षमा सञ्जय दत्त, उपाध्यक्षद्धयमा रोशनकुमार दत्त, सञ्जीव सुक्ला, सचिवमा मनोज साह र कोषाध्यक्षमा राजकुमार दास चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा सन्तोष सरकार, दीपेन्द्र कुमार बंगाली, अजय दास, बचूँ कुमार दास र गौतम चेल चयन भएका छन् ।त्यस क्रममा प्रमुख अतिथि बंगाली समाजका अगुवा समाजसेवी सपन दास, नेपाल राष्ट्रिय बङ्गाली समाजका वरिष्ठ सल्लाहकार तथा नेपाल खानेपानी संस्थान पूर्व कार्यकारी अध्यक्ष महेश दत्त, नेपाल राष्ट्रिय बङ्गाली समाज केन्द्रीय उपाध्यक्ष विप्लव घोष, नेपाल राष्ट्रिय बङ्गाली समाजका केन्द्रीय सचिव सञ्जय बरुवा आधिले आधिले बंगाली समाजका बारेमा प्रष्ट पारेका थिए ।

उक्त भेलामा केन्द्रीय सदस्य सञ्जय चेल, समाजका कला तथा साहित्य विभाग संयोजक सन्तोष सरकार, प्रदेश १ का सदस्य विन्दानन्द नुन्दी मधुकुल बङ्गाली, समाजका सुनसरी जिल्ला अध्यक्ष शम्भु विश्वास, लगायतको उपस्थिति रहेको थियो ।नेपाल राष्ट्रिय बङ्गाली समाज केन्द्रीय कमिटीले जिल्ला तथा पालिका स्तरमा नयाँ नेतृत्व गठन गर्ने अभियानलाई तीव्रता दिएको छ । केन्द्रीय कमिटीले देशभर छरिएर रहेका बंगाली समुदायको पहिचान गर्दै उनीहरूको हक अधिकार सुनिश्चितताको अभियानमा लागि परेका छन्

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]