पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल ३१ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण देखिएको छ ।
मृत्यु हुने थप संख्या ३ रहेको छ र कुल मृत्यु हुने संख्या १४९ पुग्यो । संक्रमित भई मृत्यु हुने हरुमा झापाका ५८ बर्षीय पुरुष ,पर्साका ५६ बर्षीय महिला र सर्लाहीका ३३ बर्षीय महिला रहेका छन् ।