२५ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र १६, २०७८

एजेन्सी – तालिबान पुन: सत्तामा फर्कने कारक बनेको अफगानिस्तानबाट आफ्ना सेनालाई फिर्ता गर्ने कदमको अमेरिकी राष्ट्रपति जो बाइडनले बचाउ गरेका छन्।

अफगानिस्तानमा २० वर्ष लामो अमेरिकी उपस्थिति अन्त्य भएको भोलिपल्ट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले ‘अझै त्यहाँ बसिरहनुको अर्थ थिएन’ भने।

उनले तालिबान शासनलाई छल्न अफगानिस्तानबाट बाहिर निस्कन चाहने एक लाख २० हजारभन्दा बढीको हवाई उद्धार गरेकोमा सेनाको प्रशंसा गरे।

इस्लामिक विद्रोही समूह तालिबानले चाहिँ अमेरिकी बहिर्गमनलाई जितका रूपमा अर्थ्याउँदै उत्सव मनाएको छ।

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको हमलापछि उसको नेतृत्वमा अफगानिस्तानमा अन्तर्राष्ट्रिय सेना प्रवेश गरेर तालिबान सत्तालाई अन्त्य गरिदिएको थियो।

अमेरिकामा भएको आतङ्कवादी हमलाको जिम्मा लिएको अलकायदाको आधार उक्त देश रहेको भन्दै त्यसबेला अमेरिकाले हमला गरेको थियो।

अचानक अमेरिकी फौज फिर्ता गर्ने निर्णयलाई लिएर बाइडनले देशभित्र र अमेरिकी साझेदार राष्ट्रबाट व्यापक आलोचना खेप्नु परेको छ।

‘अमेरिकाले धुइँपत्ताल खोज्थ्यो, तालिबान नेता ओमार अमेरिकी सैनिक इलाकानजिकै बस्थे’

को हुन् तालिबान लडाकु, कसरी भयो उदय

उक्त निर्णयका कारण अमेरिकी फौजले वर्षौँ तालिम दिएको र ठूलो धनराशी खर्चेको अफगान सुरक्षा फौजको अस्वाभाविक रूपमा पतन भएको थियो।

तालिबानले पूरै देशलाई ११ दिनभित्र नियन्त्रणमा लिन सफल भएको थियो।

गत अगस्ट १५ मा राजधानी काबुल प्रवेश गरेपछि अफगानिस्तानको शक्ति उसको हातमा पुगेको हो।

राष्ट्रपति बाइडनले अमेरिकीहरू, अन्य साझेदार देशका नागरिकहरू र अमेरिकीका लागि काम गरेका तर अफगानिस्तान छाड्न चाहने अफगानहरूको उद्धारका लागि विमानस्थलमा नियन्त्रण गर्नका निम्ति ६ हजार सैनिकहरू त्यहाँ पठाएका थिए।

उद्धारका लागि हुने उडानहरूबाट विदेश जान पाउने आशामा हजारौँ मानिसहरू काबुल विमानस्थल पुगेका थिए।

अफगानिस्तानमा तालिबान कसरी यति चाँडै पकड बनाउन सफल भयो

अफगानिस्तानमा सोभियत सङ्घले फौज पठाउँदा विपक्षमा उभिएको नेपालले तालिबान सत्तामा आउँदा कस्तो धारणा राख्ला?

मङ्गलवारको सम्बोधनमा बाइडनले आम उद्धार कार्यका लागि सेनाको प्रशंसा गरे र अझै अफगानिस्तानमा रहेका र अमेरिका जान चाहने करिब २०० मानिसहरूको उद्धार गर्न लगातार प्रयास गर्ने प्रतिबद्धता पनि जनाए।

उनले फौज फिर्ता गर्ने निर्णयको कडा रूपमा बचाउ गरेका छन्।

उनले भने, “म त्यसलाई सधैँको युद्धका रूपमा बिस्तार गर्न गइरहेको थिइनँ, अफगानिस्तानमा अब युद्ध समाप्त भएको छ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]