०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ११, २०७७

सप्तरी – उपल्लो डोल्पामा दुई वर्षदेखि रोकिएको खाद्यान्न ढुवानी प्रक्रिया बल्ल सुरु भएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेशले उपल्लो डोल्पामा खाद्यान्न ढुवानीका लागि बोलपत्र निकालेर ठेक्का लगाएको छ। उपल्लो डोल्पामा हिमपात सुरु हुनुभन्दा पहिला नै त्यहाँ खाद्यान्न ढुवानी गरिने जनाएको छ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले माथिल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र सेफोक्सुन्डो गाउँपालिकामा चामल ढुवानीका लागि ठेक्का लगाएको छ। तीनवटै स्थानीय तहमा एउटै ठेकेदार कम्पनीले ढुवानीको जिम्मा पाएको छ।सुर्खेतदेखि स्थलमार्ग भएर डोल्पामा चामल ढुवानी गरी सम्बन्धित स्थानीय तहमा पुर्याइने कम्पनीको डोल्पा शाखा प्रमुख कमलराज पाण्डेले बताए।

बोल–कबोलका आधारमा दिनेश निर्माण सामग्री सप्लायर्स बाँकेले खाद्यान्न ढुवानीको जिम्मा पाएको छ। सप्लायर्सले सुर्खेतदेखि डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धो, छार्काताङसोङको ढारगाउँ र से फोक्सोण्डो कोसाल्दाङसम्म चामल ढुवानी गर्ने छ।कम्पनीले धोसम्म प्रतिक्विन्टल आठ हजार ४८०, ढारगाउँसम्म नौ हजार ४९० र साल्दाङसम्म १० हजार ९९५ मा चामल ढुवानी हुने जनाएको छ। गत आर्थिक वर्षभरि डोल्पामा अनुदानको चामल ढुवानी भएन भने कोरोनाका कारण थप समस्या भएको थियो।गत वर्षसम्म चीनबाट चामल ढुवानी हुने गरेको थियो। कोरोना भाइरसको महामारीका कारण चीनले सीमा नाका बन्द गरेको छ।यसअघि कम्पनीले काठमाडौँबाट सोझै चामल ढुवानी गर्दै आएको थियो। चीनतर्फको नाका बन्द भएपछि स्थलमार्गबाट पहिलोपल्ट चामल ढुवानी हुन लागेको हो। शाखा प्रमुख पाण्डेले केही दिनमै डोल्पामा खाद्यान्न पुग्ने बताए।

उनका अनुसार सस्तो चामल प्रतिक्विन्टल चार हजार नौ सय र महँगो चामल ६ हजार ६ सय रुपैयाँमा उपभोक्ताले किन्न पाउने छन्। हाल स्थानीयवासीले बजारबाट प्रतिक्विन्टल १२ देखि २० हजारसम्ममा किनेर चामल उपभोग गरिरहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]