काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । बागमती प्रदेश सभामा कांग्रेसका सांसदसमेत रहेका नेता नरोत्तम बैद्यले रिट दायर गरेका हुन् ।
शुक्रबारदेखि देशभरका वडाहरुमा अधिवेशन हुँदैछ ।
बैद्यले कोरोना महामारीका समयमा महाधिवेशन गर्न नहुने जिकिर गर्दै रिट दायर गरेका छन् । उनले कांग्रेसको महाधिवेशनले कोरोनाको जोखिम बढ्ने खतरा देखिएपछि नागरिकको जीवनका लागि महाधिवेशन रोक्न रिट दायर गरेको बताएका छन् ।
महाधिवेशन आगामी मंसिर ९ देख १३ काठमाडौँमा हुँदैछ ।