सप्तरी – जिल्ला प्रशासन कार्यालय सप्तरीमा अत्याधिक कामको चाप देखेर प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य आफै सेवा प्रवाह गर्न लागिपरेका छन । दिन दिनै लामो लाइन र नागरिकता ,प्रतिलिपि, राहदानी जस्ता सेवा प्रवाह गर्नका लागि प्र जि अ जनता संग आफै जन सम्पर्क कायम गरि गुनासोहरु लाई तुरन्त र तदारुक्ताका साथ् निर्णय र समसिया सावधानमा सक्रिय देखिन्छ।
यता के छ खबर का टिम रिपोर्टिंग गर्न जिल्ला प्रशासन कार्यालय पुग्दा प्र जि अ आफै जन सम्पर्कमा सेवा दिई रहेको देखियो , आखिर जे सुन्यौ त्यहाँ पुग्दा त्यहिनै देख्न नि पाईयो । जनताका अनुसार पहिलो चोटी हामी ले यस्तो प्र जि अ पाएका छौ जसले आफै जनताका समसिया प्रत्यक्ष रुपमा जनता संग बुझिदिने भएको छ भन्ने खुशी हुदै के छ खबरका टिम संग जानकारी गराए । यता जनता का चाहनाका अनुसार दिनहु १५५ देखि १६५ सम्म नागरिकता वितरण गरिरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत किशोर रामले जानकारी गराए ।
जनता लाई आफ्नै हक हितका लागि कुनै दुख न गर्नु पर्ने र सजिलै सेवा प्रवाह हुने समेत एक कर्मचारीले जानकारी गराए ।