२५ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, भाद्र १८, २०७८

टोकियो – जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा दिने भएका छन् । उनले फेरि पार्टी नेतृत्वको चुनाव नलड्ने बताएका छन् । उनले यही महिनाको अन्तिममा प्रधानमन्त्री पदबाट राजीनामा दिने संकेत गरेको बीबीसीले जनाएको छ ।

एक वर्ष पहिलामात्र शिन्जो आबेले राजीनामा दिएपछि सुगा प्रधानमन्त्री बनेका थिए । सुगाले यस्तो घोषणा आफ्नो लोकप्रियतामा आएको कमीपछि गरेको बीबीसीले जनाएको छ । जापानमा अहिले पनि कोरोनाका कारण संकटकाल लगाइएको छ । जापानमा कोरोनाको लहर रोकिएको छैन । १५ लाखभन्दा धेरै मानिस कोरोना संक्रमित भएका छन् । कोरोनाविरुद्धको खोप अभियान निकै सुस्त गतिमा छ । महामारीकाबीच ओलम्पिक खेल आयोजना गरेपछि सुगाको लोकप्रियतामा कमी आएको छ ।अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार सुगाको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का महासचिबले शुक्रबार कार्यकारिणी समितिको बैठकमा सुगाले आफ्नो सम्पूर्ण ध्यान कोरोनामा लगाएको उनले बताएएको जनाएका छन् ।

सत्तारुढ एलडीपीले २९ सेप्टेम्बरमा पार्टी प्रमुखका लागि चुनाव गर्दै छ । जसले पार्टीको नेतृत्व गर्छ सोही व्यक्ति प्रधानमन्त्री बन्ने सम्भावना धेरै हुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]